दफा २५क
विदेशी पर्यटकले खरिदमा तिरेको कर फिर्ता हुने
नेपाल भ्रमण गरी हवाईमार्गबाट फर्कने विदेशी पर्यटकले पच्चीस हजार - रुपैयाँभन्दा बढीको कर लाग्ने वस्तु खरिद गरी आफूसँग लगेमा विभागले तोकेको प्रक्रिया अनुसार त्यस्तो वस्तुमा तिरेको कर फिर्ता दिइनेछ । त्यस्तो फिर्ता हुने रकमको तीन प्रतिशत रकम सेवा शुल्क बापत कट्टा गरिनेछ।